कात्तिक २५ , काठमाडौं | भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भुमि राखे पछि देशभर प्रदर्शन भइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहलमार्फत महाकालीको सीमा विवाद समाधान गर्नुपर्ने बताएका छन् |
संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘लिम्पियाधुरा महाकालीको रहेको र महाकाली नदी सीमा नदी रहेको प्रष्ट रहेको उनले बताए | प्रमाणहरु संकलन गरेर भारत सरकारसँग गम्भीर वार्ताबाट समाधान गर्नुपर्ने बताए |
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘हामी एक इन्च जमिन छोड्न पनि सक्दैनौं, अरुको एक इन्च जमिन पनि चाहिएन | उनले भने यस बिषयमा भ्रम र उत्तेजना फैलाएर समाधान नहुने उनले बताए |
अन्तराष्ट्रिय समितिले सरकारले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्नुपर्छ भन्नुपर्ने भन्दै उनले भने, कुरा मिलेन भने अन्तराष्ट्रियकरण अहिले भन्न हुँदैन । त्यसले हामीलाई …. । भएन भने के गर्ने त्यतिबेला सोचौंला नि ।’
यस बिषयमा तपाइको प्रतिक्रिया...!