लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई संसदीय समितिको निर्देशन

Posted on: 11 Nov, 2019

कार्तिक २५, काठमाडौँ | भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भुमि राखेपछि देशभर त्यसको ब्यापक बिरोध भइरहेको छ | सोहि समयमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नया नक्सा सार्वजनिक गर्न निर्देशन दिएको छ | 

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले भारतले आफ्नो सीमाभित्र राखेको अतिक्रमित नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न नेपाल सरकारलाई निर्देशन दिएको हो |

उक्त समितिले यस बिषयलाई कुटनीतिक पहलबाट समस्याको समाधान गर्न सरकारलाई सुझाव दिएको छ | कालापानी र अन्य सिमा क्षेत्रमा सीमा सुरक्षा बलको स्थायी ब्यारेक खडा गरी सीमाको स्थायी सुरक्षाको व्यवस्था गर्न नेपाल सरकारलाई अनुरोध गर्ने’ निर्णय पनि समितिले गरेको छ | समितिमा सरकारले सीमा सुरक्षालाई अझै चुस्त बनाउने ह मन्त्री रामबहादुर थापा बादलले बताए |

यसअघि शुक्रबार नेपाल-भारतबीच कालापानी सीमा विवादबारे भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेशसचिव विजय गोख्लेसँग भेट गरेर सीमा विवादबारे कुरा गरेका छन्। यससँगै दुई देशका अधिकारीबीच कूटनीतिक पहल सुरू भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!