प्रधानमन्त्री ओलीको राजिनामा माग गर्दै नेविसंघको प्रदर्शन

Posted on: 12 Nov, 2019

कार्तिक २६, काठमाडौँ | नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ | मंगलबार बिहान काठमाडांैको चावहिलमा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै विरोध प्रर्दशन गरेका थिए |

भारतले सार्वजनिक गरेको नया नक्सामा नेपाली भुमि राखे पछि देशभरी प्रदर्शन भइरहेको छ | सोहि क्रममा नेपाल उनीहरुले ‘सरकार कता हरायो, राष्ट्रियता जोगाउन डरायो’ भन्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका थिए |

भारतले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने नेविसंघले चेतावनी पनि दिँदै आएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!