नेपाल आइपुगे बंगलादेशका राष्ट्रपति

Posted on: 12 Nov, 2019

कार्तिक २६, काठमाडौँ |  तीन दिन भ्रमणका क्रममा नेपाल आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौँ आइपुगेका छन् | उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन् |

भ्रमणका क्रममा उनले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ |

उनी पोखरा पनि जाने परराष्ट्र मन्त्रालयले जनाएको छ | मन्त्रालयका अनुसार बंगलादेशका राष्ट्रपति नेपाल भ्रमण पूरा गरेर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!