बंगलादेशका राष्ट्रपति र देउवा बिच भेटबार्ता

Posted on: 13 Nov, 2019

कार्तिक २७, काठमाडौँ | बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् | चार दिने नेपाल भ्रमणमा रहेका  राष्ट्रपति अब्दुल हमिदले होटल मेरियटमा बुधबार दिउँसो  देउवासँग भेट वार्ता गरेका छन् |


भेटमा नेपाल र बंगलादेशबीचको सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल भएको देउवाले बताएका छन् | देउवाले यस्तो भनेका छन् "बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदजीलाई नेपालमा न्यायो स्वागत छ । आज उहाँसँग भएको भेटवार्तामा नेपाल र बंगलादेशबीचको सम्वन्ध थप मजबुत बनाउने लगायतका विषयमा छलफल भयो। उहाँकाे नेपाल बसाई सुखद रहाेस् |"


यस बिषयमा तपाइको प्रतिक्रिया...!