कात्तिक २९, काठमाडौँ | नेपालको भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतले आफ्नो नक्सामा राखेपछि देशभरी बिरोध भइरहेको छ | सोहिक्रमम अधिवक्ता सुजित केसी र उपप्राध्यापक फणीन्द्र नेपालले बुधबार सर्वोच्च अदालतमा रिट दाएर गरेका थिए |
दायर गरेको रिटमा कालापानी क्षेत्रमा रहेका भारतीय अर्ध सैनिक बल हटाउन, नेपालको नयाँ नक्सा गरी गर्न र आवश्यक परे यो विववादलाई अन्तर्राष्ट्रिय अदालत र राष्ट्रसंघसम्म पुर्याई नेपाली भूमि रक्षाका लागि सरकारको नाममा आवश्यक आदेश जारी गर्न माग गरिएको थियो |
उक्त भूमिलाई लिएर परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ | प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले लिखित जवाफ पेश गर्न विपक्षीहरुलाई भनेको छ |
हो |
यस बिषयमा तपाइको प्रतिक्रिया...!