मन्त्रिपरिषद् हेरफेर बारे शीर्ष नेताबीच दिनहुँ छलफल

Posted on: 16 Nov, 2019

कात्तिक ३०, काठमाडौ । पार्टी र सरकार सञ्चालनबारे छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकताको बाँकी काम टुंगो लगाउने, मन्त्रिपरिषद् पुनर्गठन गर्नेलगायतका विषयमा छलफल हुने बताइएको छ ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलका साथै शीर्ष नेताबीच दिनहुँ यही विषयमा छलफल चलिरहेको छ ।

शुक्रबार प्रधानमन्त्री ओली, दाहाल र महासचिव पौडेलबीच तीन घण्टा लामो छलफल भएको नेकपा स्रोतले जनाएको छ । बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन पार्टी र सरकार सञ्चालनलगायतका विषयमा गम्भीर छलफल भएको छ ।

यसअघि पनि नेताहरू वामदेव गौतम, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतका बीचमा छलफल भएको थियो । मन्त्रिपरिषद् फेरबदलमा देखिएका विभिन्न समूहको स्वार्थका कारण ढिलाइ भइरहेको स्रोतको दाबी छ । यो समाचार आजको राजधानी दैनिकमा  सुभाष साहले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!