आज नेकपा सचिवालय बैठक बस्दै

Posted on: 17 Nov, 2019

मंसिर १, काठमाडौँ | प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्ने भएको छ |  बैठकमा पार्टी एकताका बाँकी विषयमा टुंगो लगाउनेबारे छलफल हुने बताइएको छ |

दिउँसो ४ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए | ओलीले शनिबार ग्रान्डी अस्पतालमा तेस्रो पटक डायलासिस गरेका थिए | आजको सचिवालय बैठकमा अध्यक्षको कार्यविभाजनबारे पनि छलफल हुने बाताइएको छ | 

नेकपामा प्रवास कमिटी गठन भएको छैन भने केन्द्रीय विभाग, जनसंगठन र आयोगहरूले पूर्णता पाएका छैनन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!