मंसिर १, कामाडौं | कालापानीबाट सेना फिर्ता लैजान भारतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् | विदेशी फौज फिर्ता गराउने उनको दाबि छ | आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न नदिने बताएका छन् |
नेकपाका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको बताए | राष्टियताको बिषयमा सबै दल एकजुट हुदाँ सरकारलाई सजिलो भएको ओलीले बताएका छन् |
कतिपयले आफूलाई हिरो देखाउन, अतिरिक्त देशभक्ति देखाउने हिसाबले उछृङ्खल गतिविधि गरिरहेको बताएका छन् | उनले भने,हामीलाई अरुको जमिन चाहिएन भन्दै प्रधानमन्त्रीले हाम्रो जमिनबाट छिमेकीले सेना फिर्ता लैजाओस भन्ने आग्रह गरे |
यस बिषयमा तपाइको प्रतिक्रिया...!