सातवटै प्रदेशमा प्रतिष्ठान स्थापना गरिने मन्त्री पण्डितको दाबि

Posted on: 18 Nov, 2019

मंसिर २, काठमाडौं | सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताएका छन् | स्थानियतहमा रहेका केहिसंस्याहरु समाधानगर्न सरकार लागिपरेको उनले बताएका छन् |

प्रतिष्ठानले सोमबार राजधानीमा आयोजना गरेको ‘दिगो विकासका लक्ष्यहरु कार्यान्वयनका लागि स्थानीय तहको क्षमता विकाससम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई सक्षम बनाउन प्रतिष्ठान खोल्न लागिएको बताए |

उनले भने,स्थानीय तहलाई संविधानले दिएको अधिकार प्रयोग गर्न दिएर बढी जिम्मेवार बनाउने छौं | सम्मेलनमा जापान, भारतलगायत देश र काठमाडौं उपत्यकाका जनप्रतिनिधिको सहभागिता रहेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!