घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्री नै संलग्न छन् : नेपाल

Posted on: 18 Nov, 2019

मंसिर २, काठमाडौं | कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफैं संलग्न रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपाल बताएका छन् | 

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपाल भन्छन,नेता, मन्त्रीहरु आफैंले घुस खाएर कर्मचारीहरुको नियुक्ति, सरुवा र बढुवा गर्ने गरेकाले देशको सबै क्षेत्र बिग्रेको उनको दाबि छ | स्थानियतहमा करोडौंको बजेट लुट मच्चुने काम भइरहेको उनले उल्लेख गरे | कर्मचारीहरु संग मिलेर स्थानीयतहमा लुट मच्चाई रहेका माथि कारबाही गर्न सरकार समक्ष उनले माग गरेका छन् | 

उनले मुलुकमा लुट मच्चाउनेहरुको सात पुस्ते सम्पत्ति जफत नगरेसम्म मुलुकमा सुशासन हुन नसक्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!