जनतालाई सहजहुने ठाउँमा प्रदेश ५ को राजधानी हुन्छ: प्रचण्ड

Posted on: 19 Nov, 2019

मंसिर ३, काठमाडौँ | प्रदेश नम्बर ५ को राजधानी सबैलाई पायक पर्ने ठाउँमा बनाउनुपर्ने पक्षमा आफू रहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  बताएका छन् | मंगलबार रूपन्देहीमा पाँचौं लुम्बिनी महोत्सव उद्घाटन गर्दै हाँ जनतालाई सहज हुन्छ त्यहीँ नै राजधानी बनाउनुपर्ने  प्रचण्डले बताएका छन् |

पूर्वाधार विकास भएका वा नया ठाउमा पनि राजधानी बनाउन सकिने प्रचण्डले बताएका छन् | पूर्वाधार विकास भइसकेका सहरमै राजधानी हुनुपर्छ भन्ने कुनै जरूरी नभएको उनको धारणा छ | लगातार तीनपटक महोत्सव उद्घाटन गर्ने अवसर मिलेकोमा खुसी लागेको उनले बताए |

उद्योग, व्यापार र व्यवसायका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उनले प्रतिवद्धता जनाए | ‘पाँच वर्षभित्र नेपालका व्यवसायीले लिएको अपेक्षा पूरा हुन्छ, हेर्नुहोला,’ उनले भने, सरकारले रोजगारी सिर्जनाका लागि रोजगारीमैत्री वातावरण बनाउँदै लगेको उनले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!