जनताकालागि उपनिर्वाचन सरकारलाई सच्चिन दबाब दिने अवसर हो: काँग्रेस

Posted on: 19 Nov, 2019

मंसिर ३, काठमाडौं | मंसिर १४ मा हुनलागेको उपनिर्वाचन सरकारलाई सच्चिन दबाब दिने मतदाताका लागि अवसर भएको नेपाली काँग्रेसले बताएको छ | पार्टी कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा नेतृत्वको सरकारलाई सच्चिनका लागि दबाब दिन मतदाताको हातमा अवसर आएको बताएका हुन् |

‘यो उपनिर्वाचन मतदाताका लागि अवसर हो,’ उनले भने ,’सच्चिनका लागि सरकारलाई दबाब दिन मतदाताले विश्लेषण गर्नुपर्छ | २०७४ सालमा दिएको मत र त्यसले परिकल्पना गरेको सरकार अहिलेकै जस्तो हो त ?’ नेकपाको सरकारमा अधिनायकवादी आकांक्षा भए पनि कांग्रेस रहेसम्म पूरा हुन नदिने शर्माले बताए |

सरकारले २१ महिना पूरा गरेको अवसरमा कांग्रेसले २१ बुँदामा सरकारको टिप्पणी गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!