भारतको उत्तराखण्डका मुख्यमन्त्रीको अभिव्यक्ति " कालापानी भारतको हो, भारतकै रहन्छ "

Posted on: 19 Nov, 2019

मंसिर ३, काठमाडौँ | नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई भारतले हालै सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्सामा राखे पछि देशभर त्यसको बिरुद्धमा प्रदर्शन भइरहेको छ | प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रबाट भारतीय सैनिक हटाउन भारतलाई आग्रह गरेका थिए |

प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै दिएको उक्त अभिव्यक्तिले भारतमा तरंग ल्याएको छ | यस बिषयमा भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कालापानी क्षेत्र भारतको हिस्सा भएको दाबी गरेका छन् |

उनले भनेका छन् " जुन कुरा नेपालले गरेको छ, त्यो चिन्ताजनक छ, (कालापानी )भारतको भूभाग हो र त्यो भारतकै रहने छ |" उनले भने, नेपाल भारत मित्र राष्ट् भएकाले कुनै विवाद भए वार्ताबाट सम्बाद गर्न सकिने बताएका छन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!