मुआब्जा तोक्न माग गर्दै बाबुराम भट्टराई धर्नामा

Posted on: 21 Nov, 2019

मंसिर ५, काठमाडौँ | बूढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा तोक्न माग गर्दै डा. बाबुराम भट्टराई धर्नामा बसेका छन् | आरूघाट, आर्खेत र धादिङतर्फ खहरेका बासिन्दा, जनप्रतिनिधिलगायत जिल्ला प्रशासन कार्यालयमा धर्ना दिन पुगेका हुन् |

‘बुढीगण्डकी परियोजनाको मुआब्जा वितरणमा लामो समयदेखि भएको ढिलाइ अन्त्य गर्न र तुरून्त उचित मुआब्जा वितरण गर्न दबाब दिन गोरखा जिल्ला प्रशासन कार्यालय अगाडि जनप्रतिनिधिहरू र सरोकारवालाहरूको धर्ना! यो महत्वपूर्ण राष्ट्रीय गौरवको परियोजनाका समस्या हल गर्न सरकारको तुरून्त ध्यान पुगोस्!’ भट्टराईले ट्वीट गरेका छन्।

धर्नामा राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका नेपाली कांग्रेसका सांसद सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका सांसदहरू प्रकाशचन्द्र दवाडी र धनमाया लामा पनि उपस्थित छन् |शुक्रबार जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना दिने कार्यक्रम छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!