थुनामुक्त गराउन माग गर्दै जिल्ला अदालतको आदेशविरूद्ध महरा गए उच्च अदालत

Posted on: 22 Nov, 2019

मंसिर ६, काठमाडौँ | पुर्वसभामुख कृष्णबहादुर महराले संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको र प्रतिकार गर्दा शारीरिक हिंसा गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले गरेको आदेश बदर गर्न माग गर्दै महराले बिहीबार उच्च अदालत पाटनमा निवेदन दिएका छन् |

महराले जिल्ला अदालतको आदेश बदर गरी थुनामुक्त गराउन माग गर्दै निवेदन दिएको रजिष्ट्रार बाबुराम दाहालले बताए | उहाँले फौजदारी कार्यविधि संहिता-२०७४ को दफा ७३ बमोजिम थुनछेकउपरको निवेदन दिएको दाहालले जानकारी दिए |

महराको निवेदनमाथि कैफियत प्रतिवेदन मागको लागि आज इजलास पेस गरिँदैछ | त्यसपछि उनको निवेदन सुनुवाइको प्रक्रियामा जान्छ | जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते महरालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!