"सीमा बचाऊ अभियान" द्वारा नेपालको वास्तविक नक्सा सार्वजनिक

Posted on: 25 Nov, 2019

मंसिर ९, काठमाडौं | वास्तविक नेपालको नक्सा सार्वजनिक गरिएको छ | नागरिक समाजद्वारा गठन गरिएको सीमा बचाऊ अभियानले कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समेटिएर नेपालको नक्सा सार्वजनिक गरेको हो |

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त नक्सा सार्वजनिक गरिएको हो | बिज्ञका हिसाबले नदीको रेखांकन गरि काली नदीको मुहानबारे प्रष्ट पारिएको अभियानका प्रा.डा.नरेन्द्र राजखनालले बताए | उक्त नक्सालाई विश्वब्यापी बनाउने विज्ञ कोमलचन्द्र बरालले जानकारी दिए |

भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएका कारण नयाँ नक्सा सार्वजनिक गर्नुपरेको उक्त अभियानका अध्यक्षको भनाई छ | नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले नक्सा सार्वजनिक गरेकोमा अभियानलाई धन्यवाद  दिए |

केहि समय अगाडी भारतले सार्वजनिक गरेको नया नक्सामा नेपाली भूमि कालापानी,लिपुलेक,लिम्पियाधुरा राखेपछि देशभर त्यसको ब्यापक बिरोध भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!