आधिकारिक नक्सा समेत सार्वजनिक गर्न नसक्ने सरकारबाट अरु के आश गर्नु ?: शर्मा

Posted on: 25 Nov, 2019

मंसिर ९,कास्की | नेपाली कांग्रेस सभापति एवंम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको आरोप विवादित बनेपछि प्रवक्ता विश्वप्रकाश शर्माले त्यो आशंका मात्र भएको दाबि गरेका छन् | 

उनले नेकपाका कार्यकर्तालाई मोदी संग जवाफ माग्न सुझाव दिएका छन् | सोमबार कास्कीको पोखरामा आयोजित पत्रकार भेटघाटमा सरकार र नेकपाका नेताले देउवालाई जवाफ दिनुभन्दा भारतसँग छिटो वार्ता गर्न आवश्यक रहेको बताएका छन् |

देउवाले प्रधानमन्त्री ओलीसँग सहमती गरेरै भारतले नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिएका थिए | देउवाले बोलेको भोलिपल्टै पोखरामा आयोजित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले टनकपुर, गण्डकी, कोशी सम्झौताबारे देउवाले जवाफ दिनुपर्ने बताएका थिए |

भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पनि समावेश गरेर नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको विरोध भइरहेको छ | प्रवक्ता शर्माले सरकारले तीन दिन भित्रै नक्सा सार्वजनिक गर्न चुनौती समेत दिए | "नक्सा छाप्नु ठूलो कुरा नहोला तर नेपालको आधिकारिक नक्सा समेत सार्वजनिक गर्न नसक्ने सरकारबाट अरु के आश गर्नु ?," उनले प्रश्न गरे |

यस बिषयमा तपाइको प्रतिक्रिया...!