प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, शल्यक्रियाको तयारी

Posted on: 26 Nov, 2019

मंसिर १०, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएपछि शल्यक्रियाको तयारि गरेका छन् | सोमबार राति पेट दुखे पछि उनी मंगलबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोभास्कुलर सेन्टरमा पुगेका थिए |

उनलाई परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गर्ने तयारी भएको हो | ठूलो आन्द्रा र सानो आन्द्राको छेउमा तलपट्टी हुने चार इन्चजति लामो नलीलाई एपेन्डिस भनिन्छ | यो पेटको दाँयातिर तल्लो भागमा हुन्छ | एपेन्डिसको काम के हो भन्ने निश्चित छैन | कतिपय अनुसन्धानमा पनि यो शरिरमा काम नलाग्ने अंग भएको र मानव विकासका क्रममा आफैं हराएर जाने बताएका छन् |

एपेन्डिस फुट्यो वा संक्रमणमा भयो भने सहन नसक्ने गरी पेट दुख्छ | त्यसपछि डाक्टरहरूले शल्कक्रिया गरेर एपेन्डिसलाई काटेर फालिदिन्छन् | आइतबार प्रधानमन्त्री ओलीले  मिर्गौलाको चौथो डायलासिस गरेका थिए | ओलीले १२ बर्ष अघि  मिर्गौला प्रत्यारोपण गरेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!