प्रदेश ३ को नाम र राजधानी तय गर्न प्रचण्डको आग्रह

Posted on: 26 Nov, 2019

मंसिर १०, काठमाडौँ | प्रदेश ३ को नाम र राजधानी केही दिनमै तय गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गरेका छन् | 

उनले हेटौंडामा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू र नेकपाका नेताहरूसँग कुरा गदै प्रदेशको नाम र स्थायी राजधानी राख्न आग्रह गरेका हुन् | उनले भने, केहिदिन भित्रै प्रदेशको नाम र स्थायी राजधानी  कुरा टुंगिनुपर्छ | यो काम प्रदेशको बाँकी छ |

प्रदेशसभा र सरकारले छिट्टै टुंग्याउँछ भन्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए | आफूले पनि सहयोग गर्ने उनले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!