प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगे देउवा

Posted on: 27 Nov, 2019

मंसिर ११ , काठमाडौं | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अस्पताल पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् | मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर चिकित्सकहरुसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् |

देउवाले चिकित्सकहरुसँग उनको स्वास्थ्य अवस्थाबारे चासो राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए | प्रधानमन्त्री ओलीको मंगलबार मात्र एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!