प्रचण्डलाई दिए काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो जवाफ

Posted on: 27 Nov, 2019

मङ्सिर ११, काठमाडौं | नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रचण्डको अभिव्क्ति प्रति कडा आलोचना गरेका छन् | नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा कास्की– २ बाट उपनिर्वाचनमा उम्मेद्वारी दिएका खेमराज पौडेलप्रति संकेत गर्दै बृद्धअवस्थामा सांसद बन्ने ? भन्दै अलोचना गरेका थिए |

शर्माले  प्रचण्डको राजनीतिक उचाई र उमेरले यो अभिव्यक्ति दिनु अशोभनिय भएको बताएका छन् | प्रचण्डको अभिव्यक्ति लगत्तै सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै शर्माले भनेका छन्, ‘७० कटेका ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न मिल्ने, ७० कै हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने, अनि त्यस्तै उमेरमा खेमराज गुरुले सांसद बन्नचाहि किन नमिल्ने ?’

प्रचण्डले पोखरामा काँग्रेसका उम्मेद्वार पौडेलप्रति लक्षित गर्दै देवघाट जाने उमेरमा सांसद बन्ने ? भन्दै  अभिव्यक्ति दिएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!