बैतडीमा वडा अध्यक्षका उम्मेदवारमाथि आक्रमण

Posted on: 28 Nov, 2019

मंसिर १२, बैतडी | मंसिर १४ मा हुने उपनिर्वाचनका लागि वडा अध्यक्षका उम्मेदवारमाथि आक्रमण भएको छ | दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ मा उप–निर्वाचनका लागि नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार रहेका सुरेन्द्रप्रसाद भट्टमाथि हातपात भएको छ | 

नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यक्रताले आक्रमण गरेका प्रहरीले जनाएको छ | चुनावी प्रचार–प्रसारमा रहेका कार्यकर्ताबिच भेट भएपछि विवादका क्रममा आक्रमण गरेको बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक डिल्ली नारायण पाण्डेले बताए |

उनका अनुसार वडा नम्बर ४ को मटेला भन्ने स्थानमा आक्रमण भएको हो | भट्ट समान्य उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!