उप-निर्वाचन: शान्तिपूर्ण मतदान सम्पन्न

Posted on: 30 Nov, 2019

मङ्सिर १४, काठमाडौँ |  कास्की २ सहित सबै स्थानमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । 

प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ (क), दाङ ३ (ख) र बाग्लुङ २ (ख)मा मतदान भएको छ । यस्तै धरान उपमहानगरपालिकासहित केही स्थानीय तहका प्रमुख र वडाध्यक्षका लागि पनि मतदान भएको छ ।

कास्की २ मा मतदान स्थललाई लक्षित गरेर बम विस्फोट समेत भएको छ । तर मानवीय क्षति भने भएको छैन । मतदान सकिएसँगै मतपेटिकाहरु संकलन गर्ने काम सुरु भएको छ । 

निर्वाचन आयोगका अधिकारीहरुका अनुसार ७० प्रतिशत मत खसेको अनुमान छ । यद्यपि यकिन विवरण आउन बाँकी छ ।

माथिको तश्वीरमा: बाजुराको त्रिवेणी नगरपालिका–१ स्थित छतारा आधारभूत विद्यालय मतदान केन्द्रमा स्थानीय तहको वडाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा वृद्धवृद्धा मतदातालाई मतदान गर्न सहयोग गर्दै सुरक्षाकर्मी  । तस्वीरः प्रेम रौले/रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!