निवर्तमान सभामुख महरा र मुख्यमन्त्री पोखरेलकै वडामा कांग्रेस विजयी

Posted on: 01 Dec, 2019

मङ्सिर १५, बुटवल | नेकपाका दुई ठूला नेताहरुको वडा समेत रहेको दाङको घोराही उपमहानगरपालिका वडा नं. १६ मा नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगी दोब्बर बढी मत पाएर विजयी भएका छन् । 

संघीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको वडामा अध्यक्ष पदका लागि शनिबार भएको निर्वाचनमा नेकपाका उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै डांगी निर्वाचित भएका हुन् । उक्त वडामा डांगीले एक हजार दुई सय २२ मत पाए भने उनका प्रतिस्पर्धी नेकपाका उम्मेदवार केसीले एक हजार एक सय १७ मत मात्र पाएका छन् । 

गत निर्वाचनमा यो वडामा नेकपा एमालेबाट लछिनप्रसाद बुढा बिजयी भएका थिए । बुढाको निधन भएको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!