२८ वर्षसम्म कम्युनिष्टको किल्ला रहेको धरान उपमहानगरमा कांग्रेस बिजयी

Posted on: 02 Dec, 2019

मंसिर १६, काठमाडौँ | मंसिर १४ मा भएको सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई बिजयी भएका छन् |  नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ पछि पार्दै उनि बिजयी भएका हुन् |

उनले २६ हजार ७ सय ९ मत पाएका छन् भने प्रकाशले २३ हजार ९ सय १४ मत ल्याएका छन् | तिलकको जितसँगै नेपाली कांग्रेसले बहुदल आएको २९ वर्षमा पहिलो पटक धरान उपमहानगरको नेतृत्व पाएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!