नेकपा सचिवालय बैठक बस्दै, प्रधानमन्त्री ओली उपस्थित नहुने

Posted on: 09 Dec, 2019

मंसिर २३, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी( नेकपा) को सचिवालय बैठक बस्ने भएको छ | पार्टीको केन्द्रीय कार्यलय धुम्बाराहीमा  सोमबार दिउँसो १ बजे बस्ने जनाइएको छ | पार्टी अध्यक्ष एवम केपी शर्मा ओली भने उपस्थित हुने छैनन् | बैठक अर्का अध्यक्ष पुष्प कममल दाहाल प्रचण्डले बोलाएका हुन् |

ओलीले बेलुकी ४ बजे  मन्त्रिपरिषदको बैठक डाकेका छन् | एपेन्डिसाइटिसको शल्यक्रिया गरे पछि बालुवाटार फर्किएका  प्रधानमन्त्री ओली स्वास्थ्यकै कारण  सचिवालय बैठकमा उपस्थित हुन नसक्ने उनका सचिवालयले जनाएको छ |

सचिवालय बैठकको तयारीका लागि प्रचण्ड निवासमा आइतबार नेकपाका नेताहरुले छलफल गरेका थिए | मंसिर १४ गते भएको उपनिर्वाचन बारे समिक्षा हुने जनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!