गृहमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता,के भयो छलफल ?

Posted on: 11 Dec, 2019

मंसिर २५, काठमाडौं | गृहमन्त्री रामबहादुर थापा बादल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का नवनियुक्त राजदुत निकोला पोल्लिट बिच भेटवार्ता भएको छ | नेपाल–बेलायतबीचको ऐतिहासिक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा गृह मन्त्रालयमा छलफल भएको हो |

बेलायतबाट नेपालका लागि पहिलो महिला राजदूतको रुपमा नियुक्त भएकोमा बधाई दिएका छन् | मन्त्री बादलले बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोर्खाका केही समस्या रहेको भन्दै उक्त समस्या समाधान गर्न राजदुतलाई आग्रह गरे |

बेलायतमा रहेका नेपाली र ब्रिटिश गोर्खाका समस्याबारे आफूहरु गम्भीर रहेको उनले बताइन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!