लिम्पियाधुरा सहितको नक्सा तत्काल सार्वजनिक गर्न संसदीय समितिको सरकारलाई निर्देशन

Posted on: 13 Dec, 2019

मंसिर २७, काठमाडौं | भारतले नेपाली भूमि आफ्नो नक्सामा समावेश गरेपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरालाई समावेश गरेर नेपालको नक्सा तत्काल सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ | समितिले लिम्पियाधुरा, कालापानी, लिपुलेक,सुस्ता लगाएतका नेपाली भुमि समेटेर तत्काल नक्सा जारी गर्न निर्देशन दिएको हो | शुक्रबार गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले समितिसंग छलफल गरेका छन् |

उक्त छलफलमा नेपालको नक्सामा लिपुलेक, कालापानी समावेश भएको तर लिम्पियाधुरा क्षेत्र नभएको मन्त्री अर्यालले बताइन | समितिले सरकारलाई नेपाली भूमिको रक्षा, कालापानीका स्थानीयलाई आवतजावतका लागि बाटो बनाउन र अन्य सुबिधा उपलब्ध गराउन भनेको छ |


समितिले भारत सँग तत्काल कुटनीतिक पहल गरी नेपालको सार्वभौमसताको रक्षाका लागि तत्काल पहल गर्न सरकारलाई समितिले निर्देशन दिएको हो | यसअघि संसदको राज्य व्यवस्था समितिले पनि सरकारलाई लिम्पियाधुरासहितको नक्शा सार्वजनिक गर्न निर्देशन दिइसकेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!