नेकपा स्थायी कमिटीमा छलफल हुने एजेन्डा के-के छन् ?

Posted on: 15 Dec, 2019

मंसिर २९, काठमाडौँ |  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज दिउसो बस्ने भएको छ | जसका लागि आइतबार विहान बालुवाटारमा बसेको सचिवालय बैठकले पाँच वटा एजेन्डा तय गरिएको  हो |

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शमा तयार पारेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए | श्रेष्ठका अनुसार विधान संशोधन, केन्द्रीय किमिटी बैठक, नेपाल भारत सीमा विवाद र अन्य गरी पाँच वटा एजेन्डा सचिवालय बैठकले तय गरेको छ | 

पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने जनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!