नेकपाको स्थायी कमिटी बैठक सुरू

Posted on: 15 Dec, 2019

मंसिर २९, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थाई कमिटि बैठक सुरु भएको छ | बैठकमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली भने उपस्थित भएनन् | आइतबार दिउसो  १ पार्टी कार्यालय धुम्वाराहीमा बैठक सुरु भएको हो |

बिहान सचिवालय बैठकले स्थायी कमिटी बैठकका लागि पाँच एजेन्डा तय गरेको थियो | ओलीको एपेन्डिसाइटिसको शल्यक्रियापछि आराम गरिराखेका छन् | बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् |

नेपाल-भारत सीमा विवाद, विधान संशोधन र अन्य गरी पाँच एजेन्डामा स्थायी कमिटीमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!