प्रदेश ५ को नाम लुम्बिनी राख्न समितिको प्रस्ताव,राजधानी भने टुंगो लागेंन्

Posted on: 16 Dec, 2019

मंसिर ३० कपिलबस्तु | प्रदेश ५ को नाम लुम्बिनी राख्न प्रश्ताव गरिएको छ | आज  स्थायी राजधानी र नामाकरण सिफारिस समितिले आफ्नो प्रतिवेदन बुझाउदै छ | डेढ बर्ष लगाएर समितिले  प्रदेशको नाम र राजधानी सिफारिस गरेर सभामुख पुर्णबहादुर घर्तीलाई प्रतिवेदन बुझाउने तयारी गर्न लागेको हो |

प्रदेशको स्थायी राजधानी र नामाकारण सहमति वा नभए प्रदेशसभाको दुई तिहाई बहुमतबाट टुङ्गो लगाउने संवैधानिक व्यवस्था रहेको छ | प्रदेशको नाम लुम्बिनी र राजधानीका लागि तिन ठाउ उपयुक्त हुने भन्दै सिफारिस गरेको समितिका सदस्य बीरबहादुर रानाले बताएका छन् |

स्थायी राझानिका लागि बुटवल–सैनामैना कपिलवस्तुको बाणगंगा–बुद्धभूमि र दाङको भालुवाङ–लमही क्षेत्रलाई प्रस्ताव गरेको छ | मुख्यमन्त्री शंकर पोखरेल प्रदेशको राजधानी दाङ हुनुपर्ने अडानमा छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!