शशांक निवासमा पौडेल पक्षले बोलायो तरुण दलको भेला

Posted on: 17 Dec, 2019

पुस १, काठमाडौं | नेपाली काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले आफू पक्षीय भातृ संगठन तरूण दलका नेता कार्यकर्ताहरुलाई कांग्रेस महामन्त्री शशांक कोइरालाको निवासमा भेला बिलाएको छ | महाराजगञ्जस्थित निवासमा मंगलबार पौडेल पक्षधर नेता-कार्यकर्ताको विशेष भेला बोलाइएको हो |

भेलामा तरुण दल विवादबारे रणनीति तय गरिने जनाइएको छ | कांग्रेसको युवा भातृ संगठन तरूण दलमा आन्तरिक विवाद रहदै आएको छ | तरुन्दलमा अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले एकअर्कालाई कारबाही गरेको घोषणासमेत गरेका थिए |

२०७३ मंसिर २ गते भागबण्डाका आधारमा तरुण दलको चार सदस्यीय कार्यसमिति घोषणा गरिएको थियो | तरुण दल न्द्रीय कार्यसमितिको तीन वर्षे म्याद सकिएको छ |  तरुण दलको कार्यसमिति ९९ सदस्यीय हुनुपर्नेमाम्याद गुजारिसकेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!