विद्या भट्टराईले गरिन सांसदको सपथ ग्रहण

Posted on: 17 Dec, 2019

पुस १, काठमाडौँ | मंसिर १४ मा भएको उपनिर्वाचनमा निर्वाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् | उपसभामुख शिवमाया तुम्बाहाङ्फेले भट्टराईलाई मंगलबार दिउँसो सिंहदरबारस्थित कृषि समितिको हलमा सपथ खुवाएकी हुन् |

उनी कास्की क्षेत्र नबर २ मा काँग्रेस उम्मेद्वार खेमराज पौडेललाई ८ हजार मतान्तरले पराजित गर्दै संसद सदस्यमा विजय भएकी थिइन् | भट्टराईले २४ हजार ३ सय ९४ मत  र खेमराजले १५ हजार ९ सय ९१ मत ल्याएका थिए |

उनका श्रीमान् पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको गत फागुनमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!