बालुवाटारमा ओली र देउवा बिच भेटवार्ता

Posted on: 19 Dec, 2019

पुस, ३, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् | 

बिहिबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा देउवा र ओलीबीच भेटवार्ता नभएको हो | प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भेटमा समसामयिक बिषयमा छलफल गरेका छन् | सभापति देउवा केन्द्रीय सदस्य रमेश लेखकलाई लिएर प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए |

त्यसअघि प्रधानमन्त्री ओलीले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र रक्षामन्त्री ईश्वर पोखरेलसँग पनि कुराकानी गरेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!