श्रममन्त्री र २ नं. प्रदेशका मुख्यमन्त्री बीच भेटर्वार्ता, सीपमुलक तालिमको पुर्वाधार निर्माणमा जोड

Posted on: 19 Dec, 2019

पुस ३, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र २ नं. प्रदेशका मुख्यमन्त्री लालबाबु राउत बीच सीप मुलक तालिमको लागि पूर्वाधार विकास र सहकार्य गर्न सकिने क्षेत्रका विषयमा छलफल भएको छ ।

आज मन्त्रालयमा भएको भेटघाट तथा छलफलमा आगामी दिनमा महिला, युवा तथा लक्षित वर्गलाई समेट्ने गरी रोजगारमुलक तालिम अभिवृद्धि गर्न श्रम मन्त्रालय र प्रदेश सरकार मिलेर जाने विषयमा छलफल भएको श्रम मन्त्रालयले जनाएको छ  । 

२ नं. प्रदेशमा उपलब्ध अवसरलाई उपयोग गरी असल श्रम सम्बन्ध, गरिबी न्युनीकरण गर्न सीपमुलक रोजगार र बजारको विस्तार गर्न श्रम मन्त्रालय र प्रदेश सरकार दुवै मिलेर कार्य गर्न सकिने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ । रोजगार सेवा केन्द्रको थप सुदृढीकरण गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!