नेकपा संसदीय दलको बैठक बस्दै

Posted on: 20 Dec, 2019

पुस, ४, काठमाडौँ | सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय बैठक बस्ने भएको छ | संसदीय दलको कार्यालय सिंहदरवारमा दिउँसो २ बजे बस्न लागेको हो | बैठकमा संसदको हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले बताएकी छिन् |

प्रधानमन्त्री एवम संसदीय दलका नेता केपी शर्मा ओली भने उपस्थित नहुने भएका छन् | ओली एपेन्डिसाइटिसको अपरेसनपछि  बालुवाटार बाहिरका कार्यक्रममा सहभागी भएका छैनन् | बैठकको अध्यक्षता उपनेता सुवास नेम्वाङले गर्नेछन् |

स्वास्थ्यको कारणले गर्दा प्रधानमन्त्री ओली नेकपा स्थायी कमिटी बैठकमा समेत उपस्थित भएनन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!