कांग्रेस बैठक १० गते सम्मका लागि स्थगित

Posted on: 20 Dec, 2019

पुस ४, काठमाडौं | नेपाली कांग्रेस  केन्द्रीय कार्यसमितिको बैठक १० गतेसम्मका लागि स्थगित भएको छ  | शुक्रबार दिउँसो  १ बजे बोलाइएको बैठकमा रामचन्द्र पौडेल समूह नआउने भएपछि स्थगित गरिएको हो |

बरिष्ठ नेता रामचन्द्र पौडेल समुहले १४औं महाधिवेशनको कार्यतालिका माग गर्दै बैठक बहिस्कार गर्दै आएका छन |

 विभागहरु गठन र नेवि संघ र तरुण दलबारे पनि दुई समूहबीच सहमति जुट्न सकेको छैन | २०७७ फागुनमा महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन पौडेल समुहले माग गर्दै आएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!