सभामुख चयन प्रक्रिया ११ गतेदेखि हुने

Posted on: 20 Dec, 2019

पुस ४, काठमाडौँ | उपसभामुख शिवमाया तुम्बाहाङफेको नेतृत्वमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुख छान्ने प्रक्रिया ११ गतेदेखि सुरू हुने बताएको छ | तत्कालिन सभामुख कृष्णबहादुर महरालाई आफ्नै सचिवालयकी कर्मचारी माथि बलात्कार गरेको आरोप लागेपछि उनले सभामुखबाट राजिनामा दिएका थिए |

असोज १३ गतेदेखि सभामुख पद रिक्त भएको छ | सभामुखको अनुपस्थितिमा उपसभामुख तुम्बाहाङफेले बैठकको अध्यक्षता गर्न लागेकी हुन् | आजको बैठकमा पूर्वसांसद रामेश्वरप्रसाद ढुंगेलको निधनमा शोक प्रस्ताव पारित गरिने तुम्बाहाङफेले जानकारी दिइन् |

आज बस्ने प्रतिनिधि सभा बैठकको अध्यक्षता उपसभामुख तुम्बाहाङफेले गर्ने सहमति पनि जुटाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!