राष्ट्रिय सभा निर्वाचनका लागि ११ दल दर्ता

Posted on: 23 Dec, 2019

पुष ७, काठमाडौँ | राष्ट्रिय सभा सदस्य निर्वाचन माघ ९ गते हुँदैछ । जसका लागि ११ राजनीतिक दलले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । 

राष्ट्रिय सभाका १८ सदस्य निर्वाचित गर्न आयोगले दल दर्ताका लागि दिएको मंसिर २७ देखि पुस ६ गतेसम्मको समयमा तोकेको प्रक्रिया पुरा गरि ११ दलले निवेदन दिएको आयोगले जनाएको छ । आयोगका अनुसार दर्ताका लागि निवेदन दिनेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा), नेपाली जनता दल, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) रहेका छन् ।

आयोगले संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आयोगमा दर्ता कायम रहेका दललाई संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ताको लागि समय तोकेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!