कालापानीबारे नेपाललाई पठायो भारतले यस्तो पत्र

Posted on: 24 Dec, 2019

पुस ८, काठमाडौं | भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भुमि कालापानी,लिपुलेक, लिम्पियाधुरा राखेपछि नेपालमा त्यसको चर्को रुपमा बिरोध भयो | नेपालले भारत सँग सिमा समस्या समाधानका लागि भारतलाई पत्राचार गरेपछि भारतले  पत्राचार गरेर वार्ताका लागि आफू तयार रहेको बताएको छ |


भारतले पठाएको पत्राचारमा वार्ताको मिति भने तोकिएको छैन | परराष्ट्र अधिकारीका अनुसार भारतले उक्त बिषयमा नयाँ दिल्लीमा वार्ताका लागि प्रस्ताव गरिएको छ | भारतले सोमबार मात्रै नयाँ विदेश सचिव तोकेको छ | 

गत महिना भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूमि राखेको छ | त्यसको नेपालका तर्फबाट सुरुमा परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गरेर विरोध गरेको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीले सर्पपक्षीय बैठक पनि बोलाएका थिए |

प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष दूतका रुपमा पठाउन खोजेको भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समय नमिलेको बताइएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!