राष्ट्रिय सभा निर्वाचनका लागि ११ दललाई निर्वाचन चिन्ह प्रदान

Posted on: 24 Dec, 2019

पुस ८, काठमाडौँ | राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ११ राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ |

संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता भएका ती दललाई निर्वाचन चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ |

आगामी माघ ९ गते राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुदैछ | आयोगले निर्वाचन अधिकृत पनि नियुक्ति गरेको छ  |

यस बिषयमा तपाइको प्रतिक्रिया...!