सरकारबाट बाहिरिएपछि के भन्छन बाबुराम भट्टराई ?

Posted on: 25 Dec, 2019

पुस ९, काठमाडौं | समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आफुले संविधान संशोधनको मुद्धा सुरुबाट नै उठाएको बताएका छन् | आफु पूर्व माओवादीमा हुँदा देखि नै संविधान संशोधनको पक्षमा रहेको उनको दाबि छ |

उनले भने,पहिचानमा आधारित संघियता, शासकीय स्वरुप, नागरिकताको विषय, महिलाहरुको विभेदका विषयहरु पार्टी मुद्धा भएको उनले बताए | सरकारमा भएका बेला संशोधनका लागि सडकमा जान नमिल्ने भएकाले अब उनीहरुले नै बाटो  खोलिदिएको बताउंदै सडमा जान्छौं उनले भने |

प्रधानमन्त्री एवम् पार्टी अध्यक्षले संविधान संशोधन गर्नुपर्छ भनेर हस्ताक्षर गर्ने तर सरकारका प्रवक्ताले संविधानको प्रश्नलाई कसैको सपना पुरा हुँदैन भन्दै जानु उपयुक्त नभएको उनले बताए |  ‘जसले जे सपना देख्छ पुरा हुँदैन भनेर सरकारको प्रवक्ताले भन्छ | संविधान संशोधन कसैको सपना हो ? संविधान संशोधन गर्नुपर्छ भनेर पार्टी अध्यक्षले हस्ताक्षर गर्ने अहिले संविधानको प्रश्न भनेको सपना हो भन्न मिल्छ’, उनले भने ।

सरकारले ल्याएका केही मानव अधिकार विधेयक र सञ्चार विधेयक, व्यक्तिका नीजि गोपनियतालाई समेत उल्लंघन गर्ने गरि गुप्तचर परिचलन गरी अधिकार दिनुले पनि सरकार निरंकुशतातर्फ गएको उनले बताए |

सरकारी सम्पत्ति र राजदरबारबाट खोसेको सम्पत्ति कौडीको मूल्यमा दिएर सरकारले राष्ट्रघात गरेको भट्टराईले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!