सरकारका प्रवक्ता भन्छन्: समाजवादीले छोडदैमा सरकार ढल्ने होइन

Posted on: 26 Dec, 2019

पुस १०,काठमाडौं | समाजवादी पार्टीले सरकार समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनु पर्ने वा नपर्ने भन्ने बहस अर्थहीन रहेको सरकारका प्रवक्ताको भनाइ छ | बिहिबार  

सिंहदरवारमा नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले विश्वासको मत लिनुपरे पनि कुनै महाभारत नहुने दाबि गरेका छन् | मन्त्री बाँस्कोटाले भने-प्रधानमन्त्री २०७४ फागुन ३ गते निर्वाचित हुनुभयो,सो सत्ता साझेदार थिए उनीहरु पछि सामेल भएका हुन् | आफ्नो बहुमत रहेकाले विश्वासको मत लिनु ठुलोकुरा नभएको उनले बताए | 

संविधानको धारा १०० मा सत्तामा सहभागी गठबन्धनको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ | बास्कोटाले भने उनिहरुले छोड्दैमा सरकार ढल्ने होइन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!