सभामुखको उम्मेदवार टुंगोलाग्न नसक्दा संसद बैठक स्थगित

Posted on: 27 Dec, 2019

पुस ११, काठमाडौँ | सत्तारुढ दल नेकपाले सभामुख पदको  उम्मेदवार तय गर्न नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक स्थागित भएको छ | शुक्रबार १ बजेका लागि कार्यसूचीसमेत तय भइसकेको बैठक सूचना टाँसेर स्थगित भएको हो |

अर्खो बैठक पुस  १६ गते बस्ने छ | शुक्रबारको बैठकको कार्यसूचीमा सभामुख निर्वाचन प्रक्रिया अघि बढाउने थियो | शुक्रबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बिच छलफल हुने बताइएको छ |

दुई अध्यक्ष बिच सभामुख कसलाई बनाउने भन्ने बिषयमा सहमति जुटेको छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!