गोकर्ण रिसोर्टबारे के भन्छन प्रधानमन्त्री ओली ?

Posted on: 28 Dec, 2019

पुस १२, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले गोकर्ण फरेष्ट रिसोर्ट यति समुहलाई दिने सरकारकको निर्णयको बचाउ गरेका छन् |  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी निकट पत्रकारहरूको संस्था प्रेस संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै कानुन अनुसार नै गोकर्ण फरेष्ट रिसोर्टको लिज अवधि थपेको बताएका छन् |

रिसोर्टको दुई हजार सात सय ९३ रोपनी जग्गा सरकारले थप २५ वर्षलाई यति समूहलाई सञ्चालन गर्न दिएको हो | थोरै भाडामा ट्रष्टको जग्गा दिएको भन्दै विरोध भइरहेका बेला ओलीले उक्त प्रतिक्रिया दिएका छन् |

के भन्छन्, प्रधानमन्त्री ओली ?

‘केही दिन अघि गोकर्ण रिसोर्टको लिज अवधि थपियो। यसरी थपियो कि जसरी पहिले कहिल्यै थपिएको थिएन | पहिले हचुवाको भरमा मूल्य राख्ने अहिले स्वतन्त्र संघसंस्थाबाट मूल्यांकन गराएर यति हुँदो रहेछ लिज भनियो,’

समय बाँकी छँदै किन लिज दिइयो ? ‘अवधि बाँकी रहँदै कि त्यसलाई सरकारले नचलाउने भन्नुपर्‍यो | कि अरु केही गर्नुपर्‍यो,’ उनले भने, ‘जब कसैले लिजमा लिएको छ |  उसले प्रगती गर्छु भन्छ | आकर्षक ढंगले सरकारलाई कर तिर्छु भन्छ भने उसले नपाउने भन्ने होइन।’

पहिले नै लिजको समय थप भएन भने लिज लिनेले संरचना निर्माण गर्न नसक्ने उनको भनाइ थियो। ‘पहिले भएन भने उसले निर्माण गर्न सक्दैन। बैंकबाट ऋण लिनपुर्‍यो। निर्माण गर्नुपर्‍यो र सञ्चालन गर्नुपर्‍यो,’ उनले भने, ‘२० वर्षका लागि लियो। १० वर्ष निर्माण गर्नै लाग्छ। त्यसैले समय हुँदा नै लिज अवधि थप्यो भने अनुचित होइन।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!