प्रधानमन्त्री ओली र मोदी बिच टेलिफोन, के भयो कुराकानी ?

Posted on: 01 Jan, 2020

पुस १६, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन् बार्ता भएको छ | ओलीले बुधबार बिहान प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग टेलिफोन गरी नयाँ वर्ष २०२० को शुभकामना साटासाट गरेका हुन् |

देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन २०१९ सफल रहेको कुराकानी भएको प्रधानमन्त्री ओलीले ट्विट गरी उल्लेख गरेका छन् | 'बॉकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पुर्याउन सन् २०२० सफल रहनेमा हामीले विश्वास व्यक्त गर्यौं,' ओलीले भनेका छन् |

प्रधानमन्त्री ओलीले मोदीलाई पुनः नेपाल भ्रमणको लागि आग्रह पनि गरेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!