लिम्पियाधुराबारे ऐतिहासिक प्रमाण तत्काल झिकाउन सरकारलाई सर्वोच्चको आदेश

Posted on: 01 Jan, 2020

पुस १६,काठमाडौं | सरकारलाई सर्वोच्च अदालतले नेपालको आधिकारिक नक्सा र सन् १८१६ को सुगौली सन्धीको अनुसूचीसहितको प्रतिलिपिसहित १५ दिनभित्र जवाफ पेश गर्न आदेश दिएको छ | वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारीले दायर गरेको रिटमाथि न्यायाधीश हरि फुयालको एकल इजलासले सुगौली सन्धिदेखिकै ऐतिहासिक दस्तावेज संकलन गर्न सरकारलाई आदेश दिएको हो |

नेपाल सरकारले सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य हुँदा तथा अन्य अन्तर्राष्ट्रिय वा क्षेत्रीय संगठनहरुको सदस्य हुँदा सार्वभौम नेपालको अस्तित्व दर्साउने कुनै सन्धि,नक्सा वा दस्तावेज पेश गरेको भए त्यसको प्रतिलिपिहरु लिखित जवाफका अनुसूचीको रुपमा पेश गर्न लगाउनू ।' आदेशमा भनिएको छ |

नेपाली भूमि लिम्पियाधुराको प्रश्न समाधान गर्ने अन्य कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय रुपमा उपलब्ध सामाग्री भए झिकाउन सर्वोच्चको आदेशमा उल्लेख छ | न् १८४६ मा लण्डनबाट प्रकाशित भएको भनिएको नेपाल सहितको नक्साको प्रतिसमेत उपलब्ध भए पेश गर्न नापी विभागलाई अदालतले आदेश दिएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!