सरुवा भएको ठाउँमा हाजिर हुन नगएपछि एसपी मल्ललाई यस्तो निर्देशन

Posted on: 02 Jan, 2020

पुस १७ , काठमाडौं | चितवनका एसपी दानबहादुर मल्ल  सरुवा भएको ठाउँमा हाजिर हुन नगएपछि प्रदेश नम्बर ३ प्रहरी कार्यालय हेटौंडाले १२ घण्टाभित्र रमाना हुन निर्देशन दिएको छ | उनले रमाना नलिएपछि चितवनको प्रहरी प्रमुखमा सरुवा भएकी एसपी गंगा पन्तले जिम्मेवारी सम्हाल्न पाएकी छैनन् | 

प्रदेश प्रहरी कार्यालयले बुधबार साँझ  डिएसपीलाई चार्ज बुझाई १२ घण्टाभित्र तोकिएको दरवन्दीमा रवाना गरी सोको जानकारी दिन बताएको छ | र उनले आजै साँझसम्म त्रिभवुन विमानस्थल सुरक्षा कार्यालयमा हाजिर भइसक्नुपर्ने पत्रमा भनिएको छ |

मल्ललाई  पुस ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएको थियो | उनी संगै  २४ एसपीको सरुवा भएको थियो तर मल्ल भने अहिलेसम्म चितवनमै छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!