इजिप्टका चार जना नागरिकलाई देश निकाला गरिने

Posted on: 02 Jan, 2020

पुस १७ , काठमाडौं  | गैरकानुनी रुपमा नेपालमा बस्दै आएका ४ जना इजिप्टका नागरिकलाई  सरकारले  निष्कासन गर्ने भएको छ | भिसा दस्तुर, विलम्ब शुल्क र जरिवाना समेत मिनाहा गरेर उनीहरुलाई निष्कासन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो |

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाका अनुसार उनीहरुको भिसा दस्तुर तथा विलम्ब शुल्क ४ हजार ६४० अमेरिकी डलर र अधिकतम जरिवाना २ लाख रुपैयाँ थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!